विकृति विसङ्गति हटाउने प्रयास गर्नुपर्छ : माधव नेपाल

 ग्लोबल टिभि      सोमवार, भदौ २५, २०८०      0

भदौ २५ –   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजका विकृति र विसङ्गति हटाउन प्रयास गर्नुपर्ने बताएका छन्। समाजवादी मोर्चाले आज (सोमबार) विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘हामी मिसन समाजवाद लिएर देश दौडाहामा निस्किएका हौँ, हामी जनतामा आशा जगाउन चाहन्छौँ,’ उनले भने, ‘विकृति विसङ्गति हटाउने प्रयास हुनुपर्छ।’

उनले आफू विराटनगरको महेन्द्र मोरङ क्याम्पस पढेर स्नातक गरेको स्मरण गर्दै एमाले विराटनगरमै स्थापना भएको र त्यसको लागि धेरै मेहनत गरेको सुनाए।

‘मानिस कम हुने र रानी क्षेत्रमा मजदुरहरुसँग आन्दोलनबारे छलफल गर्ने गर्थ्यौं,’ उनले भने, ‘मैले महेन्द्र मोरङ पढेर स्नातक गरेको हुँ। यो ठाउँबाट राजनीतिक यात्रा शुरु गरेको हुँ।’

विराटनगर आउँदा विधार्थी जीवनकै बेला जस्तो युवा महसुस भएको नेपालले बताए। नेपालले युवा विद्यार्थीलाई आशाको सन्देश दिनुपर्ने बताए। ५ वटा सन्देश सभा सम्पन्न हुँदा यसप्रति उत्साह बढेको आफूले पाएको नेपालले सुनाए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *