चिकित्सक कुट्नेलाई कारबाही गर्छु : प्रधानमन्त्री

 ग्लोबल टिभि      बिहिबार, भदौ २८, २०८०      0

भदौ २८ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि बिहीबार नेपाल चिकित्सक संघका प्रतिनिधिहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बिहीबार नै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई समेत भेटेर दोषीलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेर ध्यानाकर्षण गराएका हुन् ।

बिरामीको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *