परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट

 ग्लोबल टिभि      शुक्रबार, भदौ २९, २०८०      0

भदौ २९ –  परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ। अमेरिका उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका चिनियाँ राजदूत छन् सोङ आज दिउँसो परराष्ट्र सचिव पौड्यालसँग भेट गरेका हुन्।

सचिव पौडेललाई भेट्न राजदूत सोङ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए। सचिव पौडेलसमेत शनिबार साँझ प्रधानमन्त्री दाहालसँग अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार सचिव पौड्याल र राजदूत सोङबीच प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने विषयबस्तुको बारेमा छलफल भएको थियो। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणका बेला उठान हुने विषयबस्तुको टुंगो लगाउन अन्तिम प्रयास गरिरहेको छ।

ऋणमै बिआरआई परियोजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री दाहालले तयारी गरेपछि यसको प्राविधिक पक्षबारे छलफल गर्न राजदूत सोङ विहानदेखि सक्रिय भएका छन्। केही दिनअघि नेपाल-भारतको सम्बन्धलाई लिएर दिएको अभिव्यक्ति विवादित बनेपछि चिनियाँ राजदूत आलोचित बनेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालले समेत सो अभिव्यक्तिबारे चिनियाँ राजदूतलाई सोधेका थिए।

संसद र त्यसको समितिमा उनले दिएको अभिव्यक्तिबारे प्रश्न उठेपछि केही दिनअघि परराष्ट्रसचिव पौडेलले राजदूत सोङलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेका थिए। यद्यपि परराष्ट्र मन्त्रालयले उनलाई लिखित प्रस्टीकरणचाहिँ नसोधेको स्रोतले बताएको छ। सचिव पौडेलसँग राजदूत सोङले आफूले बोलेको कुरा यति विवादमा आउला र ती कुराहरू सार्वजनिक हुन्छ भनेर नसोचेको जवाफ दिएका थिए।

राजदूत सोङले केही दिनअघि नेपाल-भारत सम्बन्धकाबारे कूटनीति मर्यादा विपरित अभिव्यक्ति दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *