ग्लोबल टिभि
बिहिबार, कार्तिक २७, २०७७
0
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवम् पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ ।
तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको बिहीबार बिहान २ः३० बजेतिर आफ्नै घरमा निधन भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकारसमेत रहेका गौतम विगत १५ दिनदेखि अस्वस्थ थिए । अस्पतालमा निमोनियाको उपचार गराएपछि उनले घरमै आराम गर्दै आएका थिए ।
पूर्व भूमिसुधारमन्त्री, संविधानसभा सदस्य र तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अगुवा गौतमको निधनले सिंगो तनहुँवासीलाई स्तब्ध बनाएको समर्थकहरूले जनाएका छन् ।
Post Views: 1,072
Leave a Reply