पश्चिम नेपालका थारू समुदायमा अटवारी पर्व मनाइँदै

 ग्लोबल टिभि      आइतवार, भदौ ३१, २०८०      0

भदौ ३१ –  आज थारु समुदायमा अटवारी पर्व मनाइदैछ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित नेपालका थारू समुदायको बाहुल्यता रहेका जिल्लामा धुमधामका साथ अट्वारी पर्व मनाइँदैछ। यस पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानीसमेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन् ।

महत्वका साथ मनाइने पर्वमा लुम्बिनी प्रदेश सरकारले थारू समुदायलाई आज सार्वजनिक विदासमेत दिएको छ ।

द्वापर युग र दंगिशरण राजासँग अट्वारी पर्वको सम्बन्ध रहेको धार्मिक विश्वास छ।पाँच पाण्डव मध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमको नाममा ब्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ। यस्तै, भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, ब्रत बस्ने चलन रहिआएको छ ।

थारु समुदायको यो दोस्रो ठूलो चार्ड हो । अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर ब्रत बस्ने गर्दछन ्। ब्रत बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।

त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ अट्वारीको दोस्रो दिन अर्थात् सोमबार तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *