अस्पताल पुगेर पनि उपचार नपाउने कस्तो देश ?

जुनिषा कोइराला

 ग्लोबल टिभि      आइतवार, भदौ ३१, २०८०      0
Hospital building sign closeup, with sky reflecting in the glass.

भदौ ३१ – सरकारी स्वामित्वको कान्ति वाल अस्पतालको हेलचेक्र्याइका कारण एक नावालिकाले अकालमै ज्यान गुमाउनुपरेपछि सरकार र अस्पताल आलोचनाको तारोमा परेका छन् । उपचारै नपाएर बिरामीको मृत्यु हुने घटना नेपालमा खासै नौला होइनन् । तर अस्पतालमै पुगेको विरामीले उपचार नपाएर मृत्यु हुँदा भने चौतर्फी आलोचना भइरहेको छ ।

भदौ १८ गते बेलुकी कान्ति वाल अस्पतालमा उपचारका लागि आएकी मकवानपुर स्थायी ठेगाना भई काठमाडौं बाफल बस्ने ५ वर्षिय वालिका रेजिशा गोपालीको आकस्मिक कक्षमै मृत्यु भयो । अभिभावकले समयमै अस्पताल पु्¥याएका भएपनि बालिकाको उपचार सुरु नै भएन । कारण चिकित्सकको अनुपस्थिति र उपचारका लागि पालो कुनृुपर्ने थियो । त्यही विषय अहिले चर्चामा छ ।

देशका कतिपय स्थानमा उपचार अभावमा मृत्यु हुने गरेको भएपनि यसपालि भने सुविधासम्पन्न राजधानीकै अस्पतालमा उपचार नपाएर अबोध बालिकाको मृत्यु भएपछि सरकार र अस्पतालको आलोचना भइरहेको छ । शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वालिकाको उपचारको क्रममा मृत्यु भएको अभिव्यक्ति दिएका थिए । तर सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भने वालिका मृत्यु प्रकरणलाई सामसुम पार्ने ढंगले संसदमा प्रधानमन्त्रीले वोलेको भन्दै उक्त अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यसोत अघिल्लो सातामात्रै हेडौंडामा उपचार गर्ने चिकित्सकमाथि आक्रमण भएको घटना बाहिरिएको समेत छ । बेला– बेलामा स्वास्थ्यकमीहरुमाथि कुटपिटका घटनाहरु पनि आउने गरेका छन् । कान्ति वाल अस्पताल र मकवानपुरको घटना प्रतिनिधि मात्रै हुन् । चिकित्सकका लापरवाहि र स्वास्थ्य संस्थाद्धारा हुने यस्ता घटनाहरु बढ्दै जान लागेको भन्दै आलोचना समेत भइरहेको छ । छ । कान्ति वाल अस्पतालकको घटनाबारे संसद भवनमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले दोषीलाई कारवाही गर्ने बताएका छन् ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले वालिका मृत्युको कारण चिकित्सकको लापरवाहि भएको बताएका छन् । समयमै अस्पताल आएका विरामीको उपचार गर्नू चिकित्ससको कर्तव्य र धर्म दुवै भएकाले आफ्नो कामप्रति चिकित्सकहरु बफादार नभएको उनको भनाई छ ।

यता वालिकाको मृत्युपछि कान्ति बाल अस्पतालले डाक्टर प्रकाश जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले काम शुरु गरिसकेको भएपनि प्रतिवेदन भने बुझाइसकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *