भदौ ३१ – नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामी मारमा परेका छन्। देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिदा बिरामी उपचार पाउनबाट बञ्चित भएका हुन् ।
भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’ गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए। सोही विषयलाई लिएर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा सेवा बन्द गरिएको हो ।
आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र पम्लेट, ब्यानरसहित विरोध गरिरहेका छन्। अहिले अस्पतालमा बिरामी टिकट लिन र उपचार गराउन स्वास्थ्य संस्थामा लाइन भएपनि टिकट काटिएको छैन्। उपचार गराउन पुगेका सेवाग्राही उपचार नपाउँदा सरकारप्रति आक्रोशित बनेका छन्। स्वास्थ्य सेवा बन्द हुँदा पनि यसतर्फ स्वास्थ्य मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।
Leave a Reply