स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता हुँदै

 ग्लोबल टिभि      आइतवार, भदौ ३१, २०८०      0

भदौ ३१ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच आज वार्ता हुने भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए।

उनका अनुसार नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्नका समितिले नेपाल चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग वार्ता गर्ने बताए। उनले छलफलबाट विवादको समाधानको पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ।

 

null

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *