काठमाडौँ : व्यापारिक सिलसिलामा जापानमा रहेका दोलखावासीले नेपालमा कोरोना संक्रमण प्रभावितका लागि रकम संकलन अभियान शुरु गरी स्वास्थ्य सामग्री हस्तान्तरण गर्न थालेका छन् ।
गौरीशंकर बिजनेस ग्रुप दोलखा नामक संस्थाले हालै जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई ८० सिलिण्डर अक्सिजनका लागि रकम हस्तान्तरण गरेको छ ।
यस्तै जिल्ला प्रहरी कार्यलय चरिकोट दोलखालाई ३५ सयको हाराहारीमा मेडिकल सर्जिकल मास्क हस्तान्तरण गरेको छ । संस्थाले दोलखा पत्रकार महासंघले सञ्चालन गरेको आइसोलेसन वार्डलाई पाँच थान टिम्बा सिरक प्रदान गरेको छ ।
संस्थाले दोलखामा संक्रमितको संख्या बढेकाले पहिलो चरणमा यहाँ सहयोग गरेको र बिस्तारै अन्य जिल्लालाई पनि सहयोग गर्ने गौरीशंकर बिजनेस ग्रुप दोलखाका शम्भु केसीले जानकारी दिए ।
संस्थाले जापानमा रहेका अन्य नेपालीबाट अर्थ संकलनका लागि अपिलसमेत गरेको छ ।
Leave a Reply