असोज १ – सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । हिजो राताम्य भएको बजार आज एकल अंकले सुधार आएको हो । आज बैंकिङ समूहको सेयर मुल्य घटेको छ । सोमबार बैंकिङ समूहको सेयर मूल्य ०.४० प्रतिशतले घट्दा अन्य १२ उपसूचकमा भने हरियाली आएको छ ।
बजार आज ४.२६ अंकले बढेर १९६९.१८ बिन्दुमा बन्द भएको छ । सोमबार २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४४ हजार १५६ रुपैयाँको कारोबार भएको छ ।
जोखिमभार बढी हुँदा बैंकहरुको ध्यान सेयर कर्जा प्रवाह गर्नतर्फ आकर्षित गर्न सकिंदैन । यस्तो कर्जामा ब्याजदर पनि महँगो पर्न जान्छ । त्यस कारण जोखिम भार घट्नु पर्ने लगानीकर्ताको माग रहेको छ ।
लाभांश सिजन मै लगानीकर्ताको मनोबल कमजोर बन्न पुगेको छ । बजार सुधारमा ल्याउनको लागि प्रमुख दायित्व लगानीकर्ताको मनोबलको हुन्छ । मनोबल कमजोर हुदाँ बजार सुधार तिर जान सकेको छैन ।
Leave a Reply