कांग्रेस केन्द्रीय बैठकअघि शेखरले बोलाए इतर पक्षको भेला

 ग्लोबल टिभि      सोमवार, अशोज १, २०८०      0

असोज १ – केन्द्रीय समितिको बैठक बस्नुअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका छन् । उनले मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा बस्नेछ । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् ।

यस पटक शेखरले इतर पक्षको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् । कांग्रेसको बैठक असोज ४ मा बस्दैछ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् ।

इतर पक्षका नेताहरुले शेखरमाथि प्रश्न उठाएपछि अहिले बैठक राखेका हुन् । भेलामा बैठकमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *