राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

 ग्लोबल टिभि      सोमवार, अशोज १, २०८०      0

असोज १ – राप्रपा नेपालले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको हो।

प्रदर्शनलाई व्यापकता दिई सफल बनाउन पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आज बसेको बैठकमा गत भाद्र २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकाले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट व्यवस्था परिवर्तन गर्नुपर्ने बताए।

‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने व्यवस्था ल्याउनुपर्दछ’ थापाले भने।

बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनबर्गिय संगठनका प्रमुखहरू र उपत्यकाका जिल्ला अध्यक्षहरूले आन्दोलनमा जान जोड दिएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *