नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, अशोज २, २०८०      0

असोज २ –  नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको थियो भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *