विनोदबिक्रम भण्डारी
असोज २ – नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी सन्दीप लामिछाने एसीयाली खेलकुदमा सहभागि नहुने सम्भावना बढेको छ । सोमबार काठमाडाँै जिल्ला अदालतले सन्दीपको मुद्दा स्थगितमा सुचिमा समावेश गरेको थियो । जसले मुद्दा झन लम्बिएको छ । मुद्दा लम्बिएसंगै सन्दीप असोज ६ मा चिनमा हुने एसीयाली खेलकुद प्रतियोगितामा सहभागि हुनेबारे अन्योलता बढेको हो ।
नेपाली राष्ट्रिय टोलीका पुर्वकप्तान तथा लेक स्पिन बलर सन्दीप लामिछानेको मुद्दा पुनः लम्बिएको छ । सोमबारका लागि जिल्ला अदालत काठमाडाँैमा पेशी तोकिएपनि पर्याप्तमात्रामा न्यायाधिस नभएपछि मुद्दा स्थगित भयो ।
मुद्दा स्थगित भएसंगै सन्दीपले अन्तिम फैसला पाउन अझै केहि पर्खिनुपर्ने भएको छ । त्यस्तै सन्दीपका र उनका समर्थकका लागि अर्काे अन्योलता समेत बढेको छ की अव सन्दीपको मुद्दा कहिले किनारा लाग्छ । स्थगित भएको मुद्दा कहिले पेशीमा आउने भन्ने टुंगो लागेको छैन । यसरी निरन्तर मुद्दा सर्दै जाने हो भने सन्दीपले चिनको होङझाउमा असोज ६ बाट हुन लागेको १९ औँ संस्करणको एसीयाली खेलकुद क्रिकेट प्रतियोगिता गुमाउने सम्भावना बढेको छ ।
एसियाली क्रिकेट प्रतियोगिताको १५ सदस्यीय टोलीमा सन्दीपको नाम समाबेश छ । क्यानले घोषणा गरेको १५ सदस्यीय टोलीमा अटाएका सन्दीपको मुद्दा समयमै किनरा नलाग्दा चिन जानेका अन्योलता सिर्जना गरेको छ । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँसराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेश गरिएको कागजात माग गरेको थियो ।
आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो । साथै सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भएपछि काठमाडौँ जिल्ला अदालतले साउन ३२ गतेलाई नै अन्तिम सुनुवाइको मिति भनेको थियो ।
यद्यपि उक्त मितिमा प्रमाण बुझ्ने आदेश दिइएको थियो । त्यसपछि भदौ १० गतेको पेसी हेर्न नभ्याउनेमा परेको थियो भने भदौ २१ गतेको पेसीमा पुनः प्रमाण बुझ्ने आदेश भएको थियो । असोज १ गतेका लागि पेशी तोकी अन्तिम सुनुवाइ भनेपनि न्यायाधीशको अभावका कारण उक्त मुद्दा स्थगितको सूचीमा परेको हो ।
काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कौशलेश्वर ज्ञवालीका अनुसार गोला तान्दा सन्दीपको मुद्दा रहेको फाँटको गोला नपरेपछि उनको मुद्दा स्थगितको सूचमिा परेको हो । ३५ न्यायाधीशको दरबन्दी रहेको काठमाडौं जिल्ला अदालतमा सोमबार १६ न्यायाधीश मात्रै उपस्थित रहेका थिए ।
Leave a Reply