क्यानडामा सिख नेताको हत्यामा भारतको हात रहेको ट्रूडोको आरोप

 ग्लोबल टिभि      मङ्लबार, अशोज २, २०८०      0

असोज २ –  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्।

गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो। क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा “विश्वसनीय” सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई “निरर्थक” को सङ्ज्ञा दिएको छ।

“क्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,” ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने।

“त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।” दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।

मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ। क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू “निरर्थक र प्रेरित” भएको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

“क्यानडाका प्रधानमन्त्रीबाट हाम्रा प्रधानमन्त्रीसमक्ष त्यस्तै आरोपहरू लगाइएको थियो र तिनको पूर्ण रूपमा खण्डन गरिएको थियो।”

“क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं।”

“यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *