गुल्मीदरबारले अविवाहितलाई भत्ता दिने

 ग्लोबल टिभि      मङ्लबार, अशोज २, २०८०      0

असोज २ –  गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला पुरुषलाई भत्ता दिने भएको छ।

गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रमअन्तर्गत श्रावण महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने गरी सूचना प्रकाशन गरेको छ।

अविवाहित पुरुष र महिला पनि कुनै न कुनै रूपमा पीडित भएको र उनीहरूलाई एकल भएको महसुस हुन नदिन मासिक एक हजारका दरले भत्ता दिने गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए।

अविवाहित महिला पुरुषहरूको साथमा गाउँपालिका रहेको अनुभूति दिनका लागि आफूहरूले यस्तो कार्यक्रम ल्याएको र श्रावण महिनाबाटै लागू हुने गरी भत्ता प्रदान गर्ने थापाले बताए।

पालिकाभित्रका बासिन्दालाई एक्लो भएको भन्ने हीनताबोध नगराउन र वृद्धवृद्धालाई सम्मान गर्ने जस्ता कार्यक्रमलाई पालिकाले प्राथमिकता दिएको थापाको दाबी छ।

पालिकाले जारी गरेको सूचनामा वडाबाट अविवाहित भएको प्रमाणित पत्र, नेपाली नागरिकताको प्रमाणपत्र, २ प्रति फोटो, बैंक खाता नम्बर र चेकबुकको प्रतिलिपिसँगै आमाबाबुको नाम र मोबाइल नम्बर सहित निवेदन दिनुपर्ने छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *