ईन्स्पेक्टर हुँ भनि धम्की दिने तीन जना पक्राउ

 ग्लोबल टिभि           0

काठमाडौं । महानगरीय अपराध महाशाखाले काठमाडौंबाट ‘प्रहरीको ईन्स्पेक्टर हुँ’ भनेर मानिस धम्काउने तीन जनालाई पक्राउ गरेको छ ।

बालाजुको माछापोखरी एरियाबाट महाशाखाको टोलीले कात्तिक २५ गते तीन जनालाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोटको तादी–८ घर भई हाल काठमाडौंको तारकेश्वर– ३ बस्ने २३ वर्षीय रमेश तामाङ, दोलखाको मोलुङ ५, डाँडाखर्क घर भई हाल काठमाडौंको बनस्थली ढुंगेधारा बस्दै आएका ३३ वर्षीय तुलबहादुर मगर र नवलपरासीको कावासोती– १२, पिठौली घर भई हाल काठमाडौंको स्वयम्भु बस्दै आएका ३६ वर्षीय गुविराम घले रहेको प्रहरीले जनाएको छ ।

उनीहरूले केही ब्यक्तिले आफूलाई प्रहरीको ईन्स्पेक्टर हुँ भनि धम्की दिई रकम माग गरेर हैरान बनाएका थिए । सूचना प्राप्त हुनेवित्तिकै महाशाखाको टोली खटिई अपराधिक क्रियाकलापमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ गरेपछि उनीहरूलाई आवश्यक कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बालाजु पठाइएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *