साफ यू-१९ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

 ग्लोबल टिभि      बिहिबार, अशोज ४, २०८०      0

असोज ४ – राजधानीमा बिहीबारबाट सुरु साफ यू-१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको भारतले बंगलादेशलाई ३-० को गोल अन्तरले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । 

प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी छन् । नेपाल रहेको समूह एमा पाकिस्तान र माल्दिभ्स छन् । समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन् । 

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *