जुनिषा कोइराला
असोज ५ – पछिल्लो समयमा वित्तिय अपराधका घटना भयावह रूपमा बढ्दै गइरहेको छ । नागरीकहरुलाई रकम सुरक्षा तथा व्याज बढी आउने बन्दै सहकारीहरुले यसको फाइदा उठाइरहेका छन् । अर्कातिर मिटरव्याजीका घटनाले पनि वित्तिय अपराध बढ्दै गएको देखिन्छ । तर नेपाल प्रहरीले भने वित्तिय अपराध रोक्नका लागि वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्ने बताएको छ ।
पछिल्लो समय वित्तिय ठगीका घटनाहरु बढ्दै गइरहेका छन् । सहकारी तथा अन्य संस्थाहरुले रकम सुरक्षित गर्ने भन्दै पैसा लिएर फरार भएको घटना सार्वजनिक हुने क्रम बाक्लै छ । नागरिकको लाखौँ रुपैया लिएर सहकारी सञ्चालक फरार भएकै कारण कतिले त ज्यान नै फालेको घटनाहरु पनि आइरहेका छन् ।
सहकारी क्षेत्रका केही सञ्चालक र व्यवस्थापकले निक्षेपकर्ताको निक्षेप फिर्ता दिन नसक्दा र बेखबर भई विकृति मौलाउँदै गएको छ । आम नागरीकलाई दुख दिने यस्ता किसिमका विकृतिहरुले लाखौँ मानिस घरवार विहिन समेत भएका छन् । तर नेपाल प्रहरीले भने आफुहरुले नागरीकमैत्री भएर काम गरिरहेको बताएको छ । साथै वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गनेपर्ने उनले बताए ।
त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सीमानाको सुरक्षा गर्न र राजश्व चुहावटलाई रोक्न सहज हुने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सीमानाको रुपमा हेर्नुका साथै विमानस्थलमा सशस्त्र प्रहरी बललाई परिचालित गरेमा तस्करीका कामहरुलाई नियन्त्रण गर्न सकिने समेत बताएका छन् ।
लागुऔषध, सिमा अपराध लगायतका विभिन्न कामहरु सशस्त्र प्रहरीले गर्नुपर्ने भएकाले २६ वटा ऐनमा सशस्त्र प्रहरी बलको भुमिका तोकिनुपर्ने अवस्था रहेको उनले भनाई छ । विभिन्न बैंकिङ ठगी, भुक्तानी ठगी, कर छलीजस्ता अपराध वित्तीय अपराध हुन् । गरिबका लागि भनिएको लघुवित्तको प्रभावकारितामा ह्रास आउन थालेकाले ऋण प्रदान र असुली समेत ठूलो चुनौतीका रूपमा देखिएका छन् । अर्कातिर मिटरब्याजीको फन्दामा परेका विपन्न वर्गमा ऋण तिरेर नसकिने र उल्टै जायजेथा समेत गुमाउनुपरेका घटना दिनहँुजसो समाचारमा आउने गरेका छन् ।
Leave a Reply