फेरि घट्यो सुनको मूल्य

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक २७, २०७७      0

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार पुनः केही घटेको छ ।

मंगलबार एकैपटक ३ हजार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला १०० रुपैयाँले वृद्धि भएको थियो । तर, बिहीबार पुनः २०० रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन आज प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *