सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी

 ग्लोबल टिभि      मङ्लबार, अशोज ९, २०८०      0

असोज ९ –  सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई कार्यकारी निर्देशकको छनोट समितिले नियुक्त गरेको हो ।

कार्यकारी निर्देशकको नियुक्तिको सिफारिस गर्न बनेको समितिले गठन गरेको तीनजना सदस्यको उपसमितिले अधिकारीसहित लीलाराज ढकाल र अशोक पौडेललाई कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो ।

उपसमितिबाट सिफारिस भएका तीनजना मध्येबाट अनुभव, उनीहरूले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।कार्यकारी निर्देशकको पदावधि चार वर्षको रहनेछ ।

कोषको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका थिए ।अधिकारीले पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) लिने तयारी गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *