कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु, एक लाख २२ हजार विद्यार्थी सहभागी

 ग्लोबल टिभि      मङ्लबार, अशोज ९, २०८०      0

असोज ९ –  कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए।

उनका अनुसार परीक्षा आज (मंगलबार) र भोलि(बुधबार) दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले परीक्षामा एक लाख २२ हजार विद्यार्थी सहभागी भएको जानकारी दिए। देशभर कूल चार सय १९ परीक्षा केन्द्र तोकिएको परीक्षा केद्रले जनाएको छ।

बोर्डले गत साउन ३० गते कक्षा-१२ को नतिजा सार्वजनिक गरेको थियो। जसमा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१‍.९१ प्रतिशत मात्र उत्तीर्ण भएका भए भने ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका थिए।

बोर्डले ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ननग्रेडेडमा राख्दै आएको छ। कक्षा-१२ को परीक्षा २०८० साल वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *