सर्वोच्चले सोध्यो: ललिता निवासमा नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण

 ग्लोबल टिभि      मङ्लबार, अशोज ९, २०८०      0

असोज ९ –  सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ।मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो।

माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ। शक्ति र पहुँचमा भएकै कारण उनीहरुलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा मुद्धा दायर गरेका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *