ग्लोबल टिभि
बुधबार, जेष्ठ ५, २०७८
0
महावीर पुनको नेतृत्वमा सञ्चालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई जर्मनमा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जर्मनीको फ्रयाङ्कफटमा रहेका नेपालीहरुको साझा संस्था एनआरएनए एनसीसी महिला फोरमले रु १ लाख ४९ हजार ९८८ रुपैयाँ ७६ पैसा सहयोग गरेको संस्थाकी संयोजक करुणा तुलाधर राईले जानकारी दिइन् ।
राईका अनुसार आविष्कार केन्द्रको बैंक खातामा रकम जम्मा गरेको हो । मुलुक महामारीसँग जुधिरहेका बेला स्वास्थ्य सामाग्री जोहो गर्नका लागि आविष्कार केन्द्रलाई सहयोग गरेको उनको भनाई छ ।
आविष्कार केन्द्रका संयोजक पुनले नेपाल सरकारसँग स्वास्थ्य सामाग्री खरिदका लागि पहल गर्दा उपेक्षा गरेपछि आफै सामाग्री जुटाउने अभियानमा लागेका हुन् ।
Post Views: 1,211
Leave a Reply