यु–१९ च्याम्पियनसिप उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै

 ग्लोबल टिभि      शनिबार, अशोज १३, २०८०      0

असोज १३-  काठमाडौमा जारी साफ यु–१९ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र पाकिस्तान भिड्दै छन् । फाइनल खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।

पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो । सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो । १९ वर्षमुनिको साफ च्याम्पियनसिप असोज ४ गते बिहीवारदेखि काठमाण्डौमा शुरु भएको थियो । फाइनल अघि हिजो दशरथ रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक तथा कप्तानहरूले अनुभवका आधारमा राम्रो नजिता निकाल्ने दाबी गरेका छन् ।

हरेक खेलमा टीमको फरक–फरक रणनीति हुने र आवश्यक रणनीतिका आधारमा फाइनल खेल्ने दुवै टोलीको भनाइ छ । सेमिफाइनल खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा हराँउदै भारत फाइनलमा पुगेको हो ।

त्यस्तै सेमिफाइनलमा भुटानलाई हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो। प्रतियोगितामा नेपाल, पाकिस्तान, श्रीलंका, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *