काठमाडौं । भारतमा गैरकानूनी रुपमा बसेको भन्दै एक नेपाली महिलालाई पक्राउ गरिएको छ ।
भारतको पुनेस्थित कलेज अफ मिलिटरी इन्जिनीयरिङ (सीएमई)को हाताभित्र गैरकानूनी रुपमा बसेको भन्दै ती नेपाली महिलालाई पुलिसले गिरफ्तार गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
इन्डियन एक्सप्रेसले बुधबार प्रकाशित गरेको समाचार अनुसार ती महिला नवलपरासीकी हुन् । पक्राउ परेकी २६ वर्षीया महिलामाथि एक आर्मी अफिसरको निवासमा बसेको भन्दै अनुसन्धान सुरु गरिएको समाचारमा उल्लेख छ ।
ती महिलाले पनि मार्च २३ मा पर्खाल नाघेर बसेको बयान पुलिसलाई दिएको दाबी समाचारमा गरिएको छ । आर्मी अफिसर र महिलाबीच परिसरबाहिर भेट भएको अनुसन्धानमा खुलेको छ । महिलालाई मंगलबार अदालतमा पेश गरिएको छ ।
आर्मी अफिसरको संलग्नताका विषयमा पनि अनुसन्धान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती अफिसरको क्वार्टरमा महिला विगत केही महिनादेखि बसिरहेकी थिइन् ।
Leave a Reply