लागुऔषधसहित दुई जना पक्राउ

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक २७, २०७७      0

जनकपुरधाम । सिराहा प्रहरीले बुधबार राति लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको गोलबजार नगरपालिकामा चेकजाँच गर्ने क्रममा स ७ प ७३२८ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता शालिग्राम शर्माले बताए ।

 

उनका अनुसार पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-६ बस्ने २६ वर्षीय रामेश्वर यादव र ४० वर्षीय दुखी यादव छन् । उनीहरुको साथबाट सय एमएलको डाइलेक्स-डिसी ५० बोतल र नाइट्रोभेट ट्याब्लेट ६ सय थान फेला परेको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *