साइबर सुरक्षा सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

 ग्लोबल टिभि      शुक्रबार, अशोज २६, २०८०      0

असोज २६ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छिन्।

राप्ती इन्जिनियरिङ कलेज, प्युठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्युठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताएकी हुन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’ लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिइन्।

सूचना प्रविधिको क्षेत्र क्षण क्षणमा परिवर्तन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कानुन निर्माणलाई प्राथमिकता दिइएको उनले बताइन्। चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने उनको भनाइ थियो।

साइबर अपराध नियन्त्रण गर्न साइबर सचेतनामा जोड दिनुपर्ने उल्लेख गर्दै मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँ गाउँमा लैजानुपर्ने बताइन्। साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो।

सूचना प्रविधि आय आर्जनको महत्त्वपूर्ण आधारका रुपमा स्थापित हुँदै गएको औल्याउँदै उनले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट पारिन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *