ग्लोबल टिभि
0
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ ।
लम्की चुहा नगरपालिका वडानम्बर ३ गोराङ्गेमा से४प ९२५६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी महिलाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतीक विष्टले जानकारी दिए ।
महिलाको शव अस्पतालमै राखिएको छ ।
Post Views: 1,179
Leave a Reply