मेची महाकाली बुहारी संयुक्त आवाज बाग्मती प्रदेश संयोजकमा अधिकारी चयन

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक २७, २०७७      0

काठमाण्डौं । महिला सशक्तिकरण, दुर दराजमा रहेका महिलाहरुको उत्थान , घरेलु हिंसा लगायतका बिषयमा सशक्त आवाज उठाउने संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले आफ्ना गतिविधि तीव्र बनाएको छ । उक्त सञ्जाललाई देशब्यापी बनाउन संगठन बिस्तारको क्रम पनि जारी रहेको उक्त संगठनले जनाएको छ ।

यसै क्रममा उक्त संगठनको बाग्मती प्रदेश संयोजकमा कांग्रेस युवा नेतृ, पद्मकन्या क्याम्पसकि पूर्व स्वबियु सभापति बिनिता अधिकारी चयन भएकि छन् ।

उक्त संगठनको अध्यक्ष यमु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्लेले अधिकारीलाई बाग्तमी संयोजक तोकेको जनाएका छन् । संयोजक तोक्दै सुब्बा र काफ्लेले अधिकारीको नेतृत्वमा संस्थाको गति र गरिमा अझ उच्च हुने बिश्वास ब्यक्त गरेका छन् । संयोजक अधिकारीले आँफूले जिम्मेवारी पाएकोमा आभार प्रकट गर्दे उत्पीडनमा परेका महिलाहरुको हक हितका लागि सशक्त रुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *