दशैँ बिदामा आकस्मिक चिकित्सा समूह तम्तयार राख्न अस्पतालहरूलाई निर्देशन

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक ३, २०८०      0

कार्तिक ३ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैको अवसरमा सार्वजनिक बिदाका दिनमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका लागि आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्न अस्पतालहरुलाई निर्देशन दिएको छ।

शुक्रबार एक विज्ञप्ति निकाली मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका लागि आकस्मिक चिकित्सकीय समूह तयारी अवस्थामा राख्न तथा सोहीअनुसार एम्बुलेन्सहरुलाई पनि तयारी अवस्थामा राख्न निर्देशन दिएका हुन्।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘सार्वजनिक बिदाका दिनहरुमा पनि अस्पतालहरुमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक, एम्बुलेन्स आदि तयारी अवस्थामा राख्नु हुन तथा राख्न लगाउनु हुन यसै विज्ञप्तिमार्फत सम्बन्धित सरोकारवाला निकायहरुमा अनुरोध गर्दछौं।’

मन्त्रालयले चाडपर्वका बेलामा हुने असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सेतो मासु, फलफूल र रेशादार खानेकुराहरू सेवनमा जोड दिन तथा स्वास्थ्यमैत्री जीवनशैलीलाई आत्मसात गर्न पनि सबैसँग अनुरोध गरेको छ।

चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरिरहेका व्यक्तिले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *