चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन

 ग्लोबल टिभि      शुक्रबार, कार्तिक १०, २०८०      0

कात्तिक १०- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आएक थिए । उनी सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा थिए ।

सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो ।

पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका उनी अर्थनीतिको जानकार पनि थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *