गोली प्रहारबाट घाइते प्रधानाध्यापकको उपचारको क्रममा निधन

 ग्लोबल टिभि      सोमवार, कार्तिक १३, २०८०      0

कार्तिक १३ –  अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका प्राधानाध्यापक गुड्डु भनिने रुपेश सराफको मृत्यु भएको छ। उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा  हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे।

सराफ बाराको कलैया उपमहानगरपालिका – ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक हुन्।

सोमबार दिउँसो करिब १ बजेतिर प्रधानाध्यापक सराफमाथि गोली प्रहार भएको थियो। दुईवटा मोटरसाइकलमा आएका चारजना अपरिचित व्यक्तिले सराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकलबाट घरतर्फ जाँदै गरेका सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको थियो।

घाइते सरापलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा  हस्पिटल ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *