अलराउन्डर दीपेन्द्रसिंह ऐरीको ‘एन्कल’ मा चोट

 ग्लोबल टिभि      सोमवार, कार्तिक १३, २०८०      0

कार्तिक १३ – नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अभ्यासका क्रममा घाइते भएका छन्। सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनकाे एन्कलमा चोट लागेको हो।

घाइते भएपछि ऐरीले सोमबार भएको नेपाल र सिंगापुरको खेल पनि गुमाएका छन्। ऐरीले अब हुने एसिया छनोटका सबै खेल गुमाउने सम्भावना पनि बढेको छ।

त्यस्तै नेपाल क्रिकेट संघ(क्यान) ले आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै ऐरी घाइते हुनु  घरेलु टोलीका लागि दुर्भाग्य भएको बताएको छ।

क्यानले लेखेको छ, ‘घरेलु टोलीका लागि दुर्भाग्यपूर्ण खबर छ, स्टार खेलाडी दीपेन्द्र सिंह ऐरीको खुट्टामा चोट लागेको छ। हामी उनको छिटो निको हुने र मैदानमा उनको पुनरागमन अझ बलियो हुने आशा गर्दछौं।’

ऐरी नेपाली क्रिकेट टिमका टि२० आइमा सर्वाधिक रन बनाउने खेलाडी हुन। उनले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रर्दशन गरेका छन् चाहे ती एसियन खेल अन्र्तगतका हुन वा हालै सम्पन्न त्रिकोणात्मक प्रतिस्पर्धा होस । उनी अहिले निकै फर्ममा छन्। टिममा निकै भरोसा गरिएका खेलाडी हुन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *