ग्लोबल टिभि
शुक्रबार, कार्तिक २४, २०८०
0
कार्तिक २४ – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिशका लागि शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय कमिटी गठन भएको छ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो।
Post Views: 98
Leave a Reply