दिल्लीमा प्रदूषणको स्तर हालसम्मकै खराब

 ग्लोबल टिभि      सोमवार, कार्तिक २७, २०८०      0

कार्तिक २७ –  भारतको राजधानी नयाँ दिल्लीमा प्रदूषणको गुणस्तरले खतराको सतह पार गरेको छ। दिपावलीको अवसरमा पटाखाजन्य पदार्थहरूका कारण दिल्लीको प्रदूषण ९९९ एक्यूआई पुगेको भारतको मौसम विभागले जनाएको छ।

मौसम विभागका अनुसार दिपावलीको साँझसम्म २१८ एक्यूआई रहेको प्रदूषणको गुणस्तर सोमवार बिहान ९९९ पुगेको हो। केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीमा वायुको गुणस्तर एक्यूआई हालसम्मकै खराब श्रेणीमा पुगेको छ।

दिल्लीको इन्डिया गेट, आनन्द विहार, आरके पुरम, रोहिणी लगायत अधिकांश स्थानमा पटाखाका कारण प्रदूषणको गुणस्तरले खतराको सतह पार गरेको बीबीसीले जनाएको छ।

दिल्लीमा पछिल्लो १० दिनदेखि वायु प्रदूषणको स्तर बिग्रिएको छ। प्रदूषणको गुणस्तर बिग्रेका कारण विद्यालयहरू बन्द गरिएका छन् भने सरकारी कार्यालयहरूमा कर्मचारीको सङ्ख्या घटाएर काम गरिँदै छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *