टिकटक बन्द गर्ने सरकारको निर्णय विरोधाभाषपूर्ण : सञ्चार विज्ञ दाहाल

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ३०, २०८०      0

 कार्तिक ३० –   भाषा तथा आमसञ्चार विज्ञ सुधांशु दाहालले सरकारले लगाएको टिकटकमाथिको प्रतिवन्ध विरोधाभाषपूर्ण रहेको बताएका छन्।

दाहालले नियमनमा जानुको साटो अचानक नियन्त्रणमा जानुले सरकारको निर्णय बिरोधाभाषपूर्ण रहेको स्पष्ट भएको बताएका हुन्।

उनले बिरोधाभाषमा टेकेर गरेको निर्णय सही हुन नसक्ने बताए। ‘सामाजिक सञ्जाल निर्देशिका भनेर कार्तिक २३ गते मन्त्रीपरिषद्बाट स्वीकृत गरेको छ, भनेर पढ्यौँ, सरकारले नियमन गर्ने भयो भनेर बुझेका थियौँ, तर २७ गतेको बैठकले नियमनमा जान लागेको सरकार हठात टिकटक भन्ने प्लेटफर्म बन्द गरियो, नियमनमा जान लागेको सरकार नियन्त्रणमा गइदियो। सरकारको संयन्त्रबाटै यसको समाधान गर्न खोजिएको कुरामा बिरोधाभाष देखिन्छ। बिरोधाभाषमा टेकेर गरिएको निर्णय सही हुन सक्दैन’,उनले भने।

उनले सामाजिक सञ्जालका प्लेटफर्मलाई यसरी नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने जिकिर गरे।

उनले अभिव्यक्ति स्वतन्त्रताको बाटो सरकारले बन्द गरेको छ भन्ने सरकारकै निर्णयबाट पुष्टि हुने दावी गरे। चर्चित बन्नका लागि सरकारले गलत निर्णय गरेको समेत उनको भनाई छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *