अस्ट्रेलियाले जित्यो टस, भारतलाई ब्याटिङको निम्तो

 ग्लोबल टिभि      आइतवार, मंसिर ३, २०८०      0

मंसिर ३ –  विश्वकप क्रिकेटमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाली कप्तान प्याट कमिन्सले पहिला फिल्डिङ रोजेका हुन् ।

उनले दिउँसो विकेट सुख्खा भएको र बेलुकीको समयमा शीत पर्ने भएकाले आफूहरुले पहिला फिल्डिङ रोजेको बताए ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफूले टस जितेको भए पनि पहिला ब्याटिङ नै रोज्ने बताए ।  घरेलु मैदानमा खेल हुन गइरहेकाले आफूहरु निकै उत्साही रहेको शर्माले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *