ग्लोबल टिभि
आइतवार, मंसिर ३, २०८०
0
मंसिर ३ – आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध भारतले ८ विकेटको क्षतिमा २२१ रन बनाएको छ।
आइतबार नरेन्द्र मोदी रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले ४६ ओभरमा आठ विकेट गुमाएर २२१ रन बनाएको हो।
भारतबाट हाल क्रिजमा सूर्यकुमार यादव २४ बलमा १५ रन र कुलदीप यादव ६ बलमा ५ रन बनाएर खेलिरहेका छन्।
दुवै टिम प्रतियोगिताको १३औँ संस्करणमा आफूलाई विजेता बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्। हालसम्म भारतले दुई र अस्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेका छन्।
विश्वकपको फाइनलमा स्थान बनाउने क्रममा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो।
Post Views: 74
Leave a Reply