मंसिर ४ – इजरायलले लेबनानको दक्षिणी शहर नाबातीहमा सन् २००६ को युद्धपछि पहिलो पटक आक्रमण गरेको छ । लेबनानमा जुलाई २००६ को इजरायली युद्धपछि पहिलो पटक इजरायली ड्रोनले लेबनानको दक्षिणी शहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको हो ।
लेबनानमा जुलाई २००६ इजरायली युद्ध पछि पहिलो पटक शनिबार इजरायली ड्रोनले लेबनानको दक्षिणी सहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले बताएको छ । ड्रोनले टुल र कफोर बीचको सडकमा रहेको स्थानीय एल्युमिनियम कारखानामा दुईवटा मिसाइल प्रहार गरेको थियो ।
कारखानाको केही भाग ध्वस्त भएपनि कुनै चोटपटक मानवीय क्षति नभएको बताइएको छ । नाम नखुलाउने शर्तमा श्रोतले इजरायली युद्धक विमान, हेलिकप्टर र ड्रोनले दक्षिणी गाउँ ब्लिडा, ऐतारोन, ऐता अल–शाब, माजदेल जुन र नाकुरामा १० वटा हवाई आक्रमण गरेको र भौतिक क्षति भएको पनि संकेत गरेका छन् । हिजबुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको आक्रमणको समर्थनमा शेबा फार्ममा दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमामा ६ हप्तादेखि तनाव बढेको छ ।
स्थानिइ स्रोतका अनुसार इजरायली भारी तोपखानाले लगभग २६ लेबनानी शहर र गाउँहरूमा गोली हानेको छ, जसमा दक्षिणपूर्वी लेबनानका ११ र दक्षिणपश्चिममा १५ वटा घरहरू जलेर नष्ट भएको र १३ अन्यलाई क्षति पुगेको स्रोतले जनाएको छ । पहिलो पटक, गोलाहरू सीमाबाट २० किलोमिटर उत्तरमा रहेको नाबातीह सहर नजिकै केफर तिब्निट र शुकिन सहरहरूको बाहिरी भागमा प्रहार भएको स्रोतले जनाएको छ ।
इजरायलको आइरन डोम एयर डिफेन्स सिस्टमले लेबनानबाट उत्तरी इजरायलतर्फ प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको छ तर तीमध्ये दुईवटा माजडेल जोन गाउँमा हावामा विस्फोट भएको छ । लेबनानी सशस्त्र समूह हिजबुल्लाहका अनुसार यसका लडाकुहरूले सीमा रेखामा अल–राहेब, हदाब अल–बुस्तान, रामिम ब्यारेक, अल–बायादाह र वादी सासामा इजरायली सैन्य कमाण्ड मुख्यालयमा धेरै इजरायली साइटहरूलाई निशाना बनाएको बताए ।
हिज्बुल्लाहले अक्टोबर ८ मा इजरायलमा हमासको हमलाको समर्थनमा शेबा फार्महरूतर्फ दर्जनौं रकेट प्रहार गरेपछि लेबनान–इजरायल सीमा क्षेत्रमा छ हप्तादेखि तनाव बढेको छ। लेबनानमा जुलाई २००६ को इजरायली युद्ध पछि पहिलो पटक शनिबार इजरायली ड्रोनले लेबनानको दक्षिणी सहर नाबातीहमा आक्रमण गरेको लेबनानी सैन्य स्रोतले जानकारी दिएको छ ।
Leave a Reply