रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो-९ जना घाइते

 ग्लोबल टिभि      बिहिबार, पुस ५, २०८०      0

पुस ५- रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नौ जना घाइते भएका छन् ।

दुर्घटनामा आठबीसकोट–१० का ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका र सबैको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको हो । ट्र्याक्टरमा जस्तापाता थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *