पटाका पड्काउदा आगलागी ,६ घर जल्यो

 ग्लोबल टिभि           0

सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ ।

नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १र१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *