गरिब र विपन्नले उपचार पाउने क्रम बढ्यो : स्वास्थ्यमन्त्री

 ग्लोबल टिभि      बुधबार, फाल्गुन २, २०८०      0

फागुन २ –   स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अहिले गरिब र विपन्नले उपचार पाउने क्रम बढेको दाबी गरेका छन्।परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सेवा बिस्तार तथा अध्ययन अनुसन्धान भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अबका दिनमा कोही पनि नेपाली पैसा नभएकै कारणले स्वास्थ्य उपचार नपाएर कोही नेपालीलाई मर्न नदिने प्रतिबद्धता व्यक्त गरे।  उनले संविधानमा लेखिएका नागरिकका मौलिक अधिकारलाई सुनिश्चित गर्न आवश्यक रहेको बताए।

मन्त्री बस्नेतले भने, ‘नेतादेखि धेरै खालका मानिस निःशुल्क उपचार गरिदिनुपर्‍यो भन्न आउँछन्। निःशुल्क कसरी गर्ने ? त्यसका लागि चाहिने उपकरण र खर्च कसरी धान्ने? संविधानमा शिक्षा र स्वास्थ्य नेपाली नागरिकको मौलिक अधिकार भनेर लेखिसक्यौँ तर त्यो कसरी गर्ने थाहा छैन। म आएपछि केही व्यवस्थित गरेका छन्। प्रादेशिक अस्पतालका जनरल बेड सबै निःशुल्क भएका छन्। अहिले गरिब विपन्नले उपचार पाउने क्रम अलि बढिरहेको छ। अब उप्रान्त पैसा नभएकै कारणले उपचार नपाएर कोही नेपाली मर्दैनन्।’

मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नेपाली नागरिकको मौलिक अधिकार भएको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *