६ लाख ८४ हजार रुपियाँ नक्कली नोट सहित तीनजना पक्राउ

 ग्लोबल टिभि           0

सिरहा । सिरहाको गोलबजार गोलबजार नगरपालिका ६ बाट ६ लाख ८४ हजार रुपियाँ नक्कली नोट सहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज राय र सोही ठाउँका २० वर्षीय सन्जय राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचनाअधिकारी तथा डीएसपी शालिकराम शर्माले जानकारी दिए ।

गोलबजार सशस्त्र प्रहरीको सूचनाको आधारमा नेपाल प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको खोजीका आधारमा उनीहरू स्थानीय वीरेन्द्र महतोको घरमा डेरा गरी बस्दै आएको पनि खुलेको छ । प्रहरीले उनीहरूको साथबाट पैसा छाप्न प्रयोग गरिने ल्याटप र प्रिन्टर पनि बरामद गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *