कोरोनाका कारण पूर्व सांसद न्यौपानेको निधन

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ १३, २०७८      0

कोरोना भाइरसको संक्रमणबाट जाजरकोटका पूर्व सांसद रत्नप्रसाद न्यौपानेको निधन भएको छ । काठमाडौँ स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो ।
वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएका न्यौपानेको फोक्सोमा निमोनिया भएर मृत्यू भएको छोरा मदनरत्न न्यौपानेले जानकारी दिए । छेडागाड नगरपालिका–६, सुवानाउली निवासी न्यौपाने २०५६ सालको प्रतिनिधि सभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र २ बाट निर्वाचित भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *