रविले दिए चेतावनी : किसान आन्दोलनले सरकार ढालिदिन सक्छ

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १०, २०८०      0

फागुन १० –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले देशभरका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए।

उनले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्ने चेतावनी दिए। उनले भूमिहीन सुकुम्वासीहरुलाई चुनावी फण्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने बनाइएको बताए। चुनावी फण्डा नभई सुकुम्वासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्ने बताए।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दुध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन्। होशियार रहनुहोला।’

उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको पनि बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *