सन्दिप लामिछानेको पहिलो पेशी चैत १२ गते

 ग्लोबल टिभि           0

फागुन १० – उच्च अदालत पाटनले सन्दिप लामिछानेको पुनरावेदन दर्ता गरेको छ। क्रिकेटर लामिछानेले एक किशोरीलाई करणी गरेको अभियोगमा दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौँको फैसालविरुद्ध पुनरावेदन गरेका हुन्।

उनलाई जिल्ला अदालत काठमाडौँले करणी गरेको अभियोगमा दोषी ठहर गर्दै आठ वर्ष जेल जसाय, दुई लाख क्षतिपूर्ति र तीन लाख जरिवाना हुने फैसला सुनाएको छ। लामिछानेले जेल बाहिरै बसेर पुनरावेदन गरिपाउँ भनि दिएनको निवेदनमा उच्च अदालतले अनुमति दिएको छ।

पुनरावेदनसँगै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिम जेल बाहिरै बसेर पुनरावेदनको प्रक्रिया अघि बढाउन पाउँ भन्ने निवेदन पनि दिएका थिए।

रजिष्टार मानबहादुर कार्कीले उनलाई जेल बाहिरै बसेर पुनरावेदन गर्न पाउने सुविधा दिँदै दर्ता गरेका हुन्। सन्दिपका वकिल मुराहरि सापकोटाका अनुसार पहिलो पेशी चैत १२ गतेका लागि तोकिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *