‘अपराधीलाई कारबाही गर भन्दा माग्छौ मेराे राजीनामा’

 ग्लोबल टिभि           0

फागुन १३ –  राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको सम्झनामा आइतबार प्रतिनिधिसभाको बैठकमा कविता प्रस्तुत गरेका छन्।

उनले सुरुमा ‘बालकुमारीमा दिन दहाडै मान्छेलाई गोली हानेर मारियो, त्यो पनि युवा’भन्ने वाक्यबाट आफ्नो कविता यसरी सुरु गरेका थिए।

यस्तो छ उनले प्रस्तुत गरेको कविता, ‘फक्रक्क फुल्न नपाउँदै कोपिलामै चुढादियौ, दुई नवजवान युवाहरूको सपना बालकुमारीमै उडाइदियौ, थिए होलान् तिनीहरूको सपना न्यानो लगाउने र मिठो खाने, रक्षक नै भक्षक भएपछि सम्मानिय सभामुख न्याय खोज्न अब हामी कहाँ जाने, आँखाबाट आँसु झार्दै भक्कानिएर रुन्छिन् तीनकी आमा, अपराधीलाई कारबाही गर भनी संसद्का आवाज उठाउँदा माग्छौ मेरा राजीनामा रु सत्ता तिम्रै छ, शक्ति तिम्रै  छ जति दबाउन सक्छौ दबाब, दबिएर दबिँदैन यी आवाजहरू एक दिन उठ्ने छन् र भन्नेछन् भ्रष्टाचारी र देशद्रोही  संसदबाट मात्र होइन, यो देशबाटै भगाओ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *