त्रिदेशिय टी–२० श्रृङ्खला: नेपाल भोलि नामिबियासँग भिड्ने

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १४, २०८०      0

फाल्गुन १४ –  नेपालले भोलिदेखि त्रिदेशिय टी–२० श्रृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले आफ्नो पहिलो खेलमा भोलि नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र नामिबियाबीचको खेल बिहान ११ः३० बजे सुरु हुनेछ।

श्रृङ्खलाका लागि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप खेल हुन लागेको क्यानले जनाएको छ।

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन्।

यसअघि तीन देशबीच भएको एकदिवसीय सिरिजमा नेपालको राम्रो प्रदर्शन देखिएन। नामिबियासँगको दुबै खेलमा पराजित भएको नेपाल टी-२० सिरिजमा आफ्नो हारको बदला लिन चाहन्छ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *