चीनले नेपाल प्रहरीलाई १ अर्ब ४० करोड रुपैयाँ बराबरको सहयोग

 ग्लोबल टिभि      सोमवार, फाल्गुन १४, २०८०      0

 फाल्गुन १४ – चीनले नेपाल प्रहरीको सञ्चार क्षमता अभिवृद्धि गर्न करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको प्राविधिक सहायता उपलब्ध गराउने विषय ‘अन्तिम चरणमा’ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

उक्त सहयोग नेपाल प्रहरीको कमान्ड सेन्टर र डिजिटल ट्रङकिङ कम्युनिकेसन प्रणालीको दोस्रो चरणको काममा खर्च गर्न योजना रहेको  छ।गृह मन्त्रालयका प्रवक्ताले अघिल्लो आर्थिक वर्षमा नै उक्त विषय छलफल भएको भन्दै यसपालि नयाँ विवरण आफूसँग नभएको बताएका  छन् ।

कतिपय अवकाशप्राप्त प्रहरी अधिकारीले सङ्घीय ढाँचामा मुलुक प्रवेश गरिसकेको सन्दर्भमा प्रहरीको सञ्चार सामर्थ्य बलियो बनाउनु जरुरी रहेको जनाएका छन्। अहिले काभ्रेको पाँचखालमा भारतले नेपाललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि सहयोग गरिरहेको छ।

सुरक्षा मामिलालाई पछ्याउने कतिपय विज्ञहरूले हालैका वर्षहरूमा दिल्ली र बेइजिङले प्रहरी र अन्य सुरक्षा निकायहरूलाई सहयोग बढाएको र यसको रणनीतिक अर्थ रहेको टिप्पणी गर्ने गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *